दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

हङकङविरुद्ध नेपालले दियो ५७ रनको लक्ष्य

काठमाडौं ।  नेपालले हङकङलाई ५७ रनको लक्ष्य प्रस्तुत गरेको छ। हङकङमा जारी महिला टि-२० आई सिरिजमा नेपालले १० विकेटको क्षतिमा हङकङविरुद्ध ५६ रन बनाएको हो।

टस जितेसँगै नेपालकी कप्तान इन्दु बर्माले पहिला ब्याटिङ रोजेकी थिइन्। नेपालका लागि पूर्वकप्तान रुविना क्षेत्रीले सर्वाधिक २५ रन बनाइन्। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। 

बुधबार पहिलो खेलमा तान्जानियासँग २७ रनले नेपाल पराजित भएको थियो। 

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहिबार  १ : ०७ बजे