दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

बंगलादेशमा जनवरीमा संसदीय निर्वाचन हुने

काठमाडौँ – बंगलादेशमा आगामी जनवरीमा संसदीय निर्वाचन हुने भएको छ । बंगलादेशका मुख्य निर्वाचन आयुक्त काजी हबिबुल अवालले १२ औँ संसदीय निर्वाचन जनवरीमा हुने बताएका छन् । 

टेलिभिजनमा सम्बोधन गर्दै अवलले यस्तो घोषणा गरेका हुन् । कार्यतालिकाअनुसार उम्मेदवारहरुले नोभेम्बर अन्तिमसम्म उम्मेदवारी दर्ता गर्नुपर्नेछ । उम्मेदवारी फिर्ता लिने अन्तिम मिति डिसेम्बरमा तोकिएको छ । 

उम्मेदवारहरूले नोभेम्बर अन्तिमदेखि चुनावी प्रचार सुरु गर्न सक्नेछन् । निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै अवालले सबै राजनीतिक दललाई निर्वाचनमा जुट्न आग्रह गरेका छन् । 

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहिबार  १२ : ०५ बजे