मनसुन क्रमशः क्षीण हुँदै

डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

झापामा भैँसीसित मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

दमक ।  झापामा भैँसीसित मोटरसाइकल ठोक्किँदा एकजनाको ज्यान गएको छ । एकजना घाइते भएका छन् । 

झापाको कमल गाउँपालिका–३ सहिदगेट नजिक को२१प ७७ नम्बरको मोटरसाइकल बुधबार भैँसीसँग ठोक्किएको हो । उक्त दुर्घटनामा मोटरसाइकल चालक मोरङको सुन्दरहरैचा नगरपालिका–४ का ३१ वर्षीय मदनबहादुर लायमगरको मृत्यु भएको छ । तीव्रगतिको मोटरसाइकल अनियन्त्रित हँुदा भैँसीसँग ठोक्किन पुगेको थियो ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार सुनसरीको इटहरी–४ का ३० वर्षीय अभिषेक चौधरी घाइते भएको प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिनुभयो । उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।
 

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहिबार  १० : ३० बजे