दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार ठूलो गोलभेँडाको मूल्य हिजोकै कायमा रहेको छ । नेपाली ठूलो गोलभेँडाको न्यूनतम मूल्य प्रतिकेजी आज ६० रुपैयाँ छ ।

लोकल सानो गोलभेँडाको मूल्य भने ३० रुपैयाँ कायम छ । रातो आलुको न्यूनतम मूल्य ५५ रुपैयाँ रहेको छ । स्थानीय काउलीको मूल्य २० रुपैयाँ न्यूनतम मूल्यमा बिक्री भइरहेको छ । 

यस्तै गाँजरको मूल्य प्रतिकेजी ५० रुपैयाँमा बिक्री भएको छ भने घिउ सिमी लोकल २०, मकै बोडी २०, मटरकोसा १८० रुपैयाँ तोकिएको छ । तितो करेला ८०, परबर ३५, घिरौला ४०, फर्सी पाकेको ३० कन्ने च्याउ ५०, डल्ले च्याउ २८०, काँक्रो लोकल २५, रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भैरहेको छ ।

रायोको साग प्रतिकेजी ३० रुपैयाँ, तोरीको साग प्रतिकेजी ३० रुपैयाँ रहेको छ । फलफूलमा केरा दर्जनको १६० रुपैयाँ तोकिएको छ । फुजी स्याउ प्रतिकेजी ३२० नै कायम छ । कागती १२० रुपैयाँमा बिक्री भइरहेको छ । मौसम ८०, किवी १५० रुपैयाँ न्यूनतम मूल्य प्रतिकेजी तोकिएको छ ।    

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहिबार  १० : ०१ बजे