दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

फुटबल विश्वकप छनोट : ३९ वर्षपछि युएईसँग भिड्दै नेपाल

काठमाडौं । नेपालले सन् २०२६ को विश्वकप छनोट अन्तर्गत आज युएईविरुद्ध खेल्दै छ । दुबईको अल मकटोउम स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति साढे ९ बजेदेखि सुरु हुने छ ।

नेपाल र युएईबीच अहिलेसम्म केवल एक खेल भएको छ । त्यो पनि सन् १९८४ मा भएको थियो । यी दुवै देशबीच ३९ वर्षपछि खेल हुन लागेको हो । १९८४ को अक्टोबर २९ मा भएको सो खेलमा नेपाल ११-० गोलले पराजित भएको थियो ।

विश्वकप छनौटमा नेपाल समूह ‘एच’मा रहेको छ । जसमा नेपालसहित बहराइन, युएई र यमन रहेका छन् ।

नेपाली टिम: 

गोलकिपर: किरण चेम्जोङ (कप्तान), दिप कार्की र अभिषेक बराल ।

डिफेन्डर: सनिस श्रेष्ठ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमित श्रेष्ठ, एरिक विष्ट, छिरिङ लामा र योगेश गुरुङ ।

मिडफिल्डर: लकेन लिम्बु, उत्सव राई, कृतिश रत्न छुन्जु, मनिष डाँगी, सेसेहाङ आङदेम्बे र निशान हमाल ।

फरवार्ड: अन्जन विष्ट, आयुश घलान, जिलेस्पी जंग कार्की, हिसब थपलिया, सञ्जिव विष्ट र राजेश परियार ।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहिबार  ७ : ५५ बजे