मनसुन क्रमशः क्षीण हुँदै

डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउनेको घुइँचो

काठमाडौं । वर्षमा एक दिनमात्र खुल्ने काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर परिसरमा भाइटीका लगाउनेको घुइँचो लागेको छ ।

यमपञ्चक अर्थात् तिहारको भाइटीकाको दिन बुधबार दिदीबहिनी नभएका एवम् भाइटीका गर्न नपाएकाहरुका लागि रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर दर्शन गर्ने तथा भाइटीका लगाउने प्रचलन छ ।

बाल गोपालेश्वर मन्दिर भक्तजनका लागि बिहानबाटै खुला भएको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ । २०७२ को महाविनाशकारी भुकम्पका कारण केही वर्ष बन्द रहेको उक्त मन्दिर पुननिर्माण पछि फेरी भक्तजनका लागि खुला गरेको हो ।

प्रकाशित मिति : २९ कार्तिक २०८०, बुधबार  १ : ०१ बजे