मनसुन क्रमशः क्षीण हुँदै

डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं । ललितपुरको टाखेलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चापागाउँबाट टाखेल जाँदै गरेको मोटरसाइकल सडकको दायाँ तर्फको रुखमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परेर मोटरसाइकलमा सवार सिन्धुलीको मरिण गाउँपालिका घर भएका २४ वर्षीय राम माझी र २५ वर्षका विजय माझीको मृत्यु भएको प्रहरी वृत्त चापागाउँका डिएसपी कृष्ण कुमार चन्दले बताए । उनीहरूको शव पोष्टमार्टमका लागी पाटन अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८०, बुधबार  १२ : ४६ बजे