काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरुको हातबाट भाइटीका लगाउनुभएको छ ।
बुधबार विहान १० बजेर ५१ मिनेटको शुभसाइतमै राष्ट्रपति पौडेललाई बहिनीहरु शारदा पौडेल र चन्दा ओझाले भाइटीका लगाइदिनु भएको हो ।
नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको थियो ।
आज दिनभर नै टीका लगाउन सकिने समितिले जनाएको छ ।
प्रकाशित मिति : २९ कार्तिक २०८०, बुधबार १२ : २३ बजे
प्रतिक्रिया