दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

महिला टी-२० क्रिकेट : नेपाल तान्जनियासँग पराजित

काठमाडौं। हङ्कङमा जारी चार राष्ट्र सम्मिलित महिला टी-२० क्रिकेट शृंखलाको आज सम्पन्न पहिलो खेलमा नेपाली टोली पराजित भएको छ । नेपाल तान्जनियासँग २७ रनले पराजित भएको हो । नेपालले पहिलो पटक तान्जनियासँग अन्तर्राष्ट्रिय क्रिकेट खेलेको हो । चार देश सम्मिलित टि–२० सिरिजअन्तर्गत नेपालविरुद्धको पहिलो खेलमा तान्जानियाले टस जितेर पहिले ब्याटिङ गरेको थियो ।

टस जिती पहिले ब्याटिङको निणर्य लिएको तान्जनियाले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय १५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १६.५ ओभरमा अलआउट हुनुअघि ८८ रनमात्र बनाउन सक्यो । आइसिसी बरियतामा तान्जानिया १९औँ स्थानमा छ भने नेपाल २१औँ स्थानमा रहेको छ । जारी सिरिजमा आयोजक हङ्कङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन् ।

प्रकाशित मिति : २९ कार्तिक २०८०, बुधबार  १२ : १८ बजे