दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

महिला टी २० सिरिज : नेपाल र तान्जानिया भिड्दै

काठमाडौँ – हङकङमा जारी चार राष्ट्र सम्मिलित महिला टी २० अन्तर्राष्ट्रिय सिरिजको आफ्नो पहिलो खेलमा नेपालले तान्जानियासँग प्रतिस्पर्धा गरिरहेको छ ।

हङकङ क्रिकेट क्लबमा जारी खेलमा टस हारेर नेपालले फिल्डिङ गरिरहेको छ । इन्दु वर्माको कप्तानीमा नेपाली महिला टोलीको यो पहिलो खेल हो ।

जारी सिरिजमा नेपाल, तान्जानिया, आयोजक हङकङ र जापानको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८०, बुधबार  ९ : ३९ बजे