मनसुन क्रमशः क्षीण हुँदै

साहित्यकार शान्तदास मानन्धरको निधन

काठमाडौं । वरिष्ठ बालसाहित्यकार शान्तदास मानन्धरको ९० वर्षको उमेरमा निधन भएको छ ।

स्थानीय बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको हो । स्वर्गीय मानन्धर पहिलो पारिजात बाल साहित्य सम्मान २०७०, जगदम्बा श्री सम्मान २०७५ लगायत धेरै सम्मान तथा पुरस्कारबाट सम्मानित भएका थिए ।

साहित्यकार मानन्धरले ‘बालकोसेली’, ‘बालपोष’ र ‘मचाक्यब’ नामका बालसाहित्यिक पत्रिका सम्पादन एवं प्रकाशन गरेका थिए ।

६ दशकभन्दा लोमो समयदेखि बालसाहित्यमा आफ्नो जीवन समर्पण गरेका उनले राणा शासनदेखि नै बालखुराक पस्कँदै आएका थिए । मानन्धरको अन्त्येष्टि भोलि गरिने जानकारी दिइएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८०, मंगलबार  ९ : ०८ बजे