मनसुन क्रमशः क्षीण हुँदै

धनुषामा रेलले किचेर एक जनाको मृत्यु

जनकपुरधाम । जनकपुर–जयनगर रेलमार्गमा किचिएर एक जनाको मृत्यु भएको छ ।

धनुषाको विदेहनगरपालिकास्थित बैदेही स्टेसन नजिक अन्दाजी ५० वर्षीय पुरुषको लिकमै किचिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाले जानकारी दिए ।

रेल आज बिहान जनकपुरबाट जयनगरतर्फ जाँदै गरेको बेला दुर्घटना भएको हो । मृतकको समाचार तयार पार्दासम्म सनाखत भएको छैन । प्रहरी घटनास्थल पुगेर मुचुल्का गरिरहेको डीएसपी अवाले बताए ।

प्रकाशित मिति : २८ कार्तिक २०८०, मंगलबार  १ : ११ बजे