मनसुन क्रमशः क्षीण हुँदै

मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङ राप्ती पुलको पारि पट्टी मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

गएराति हेटौंडा बजारबाट थानाभर्‍याङ जाँदै गरेको ना६५प ७०५५ नम्बरको मोटराइकल आफैँ अनियन्त्रित हुँदा मोटरसाइकल चालक हेटौंडा-४ कमलडाँडा बस्ने २२ वर्षीय महेन थापा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी दुर्घटनामा मोटरसाइकलमा सवार हेटौंडा-२ संगमचोक बस्ने १८ वर्षीया बेबिसा खड्की र हेटौंडा-५ गर्दही बस्ने १९ वर्षीया बिनिता थापा घाइते भएका छन् ।

खड्कीलाई थप उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  १२ : ५४ बजे