मनसुन क्रमशः क्षीण हुँदै

उड्ने तयारीमा रहेको जहाजबाट यात्रुहरू ओरालियो

काठमाडौँ – नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ‘नाइन एन–एबीयू’ कलसाइनको जहाजमा प्राविधिक समस्या देखिएपछि यात्रुहरु ओरालिएको छ ।

हुम्लाको सिमकोटबाट नेपालगञ्ज उड्ने तयारीमा रहेको निगमको जहाजमा प्राविधिक समस्या देखिएपछि यात्रुहरुलाई ओरालिएको हो ।उडान रोकिँदा नेपालगञ्ज जाने तयारीमा रहेका यात्रुहरु अल[अलपत्र परेका छन् ।

यात्रुहरु बोर्डिङ पास लिएर उडानका लागि जहाज चढिसकेका थिए। तर उड्न लाग्दा जहाजमा प्राविधिक समस्या देखिएपछि यात्रुहरुलाई ओरालिएको नेपाल एयरलाइन्सको सिमकोट शाखाले जनाएको छ। 

नेपाल एयरलाइन्स सिमकोट शाखाका प्रमुख बलराम हमालले आजै नेपालगन्जबाट प्राविधिक आएर जहाज बनाएपछि उड्ने बताएका छन् ।

जहाज नबनेको अवस्थामा गन्तव्यमा जान नपाएका यात्रुको भाडा फिर्ता गरिने हमालले जानकारी दिए।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  ११ : २३ बजे