मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

लक्ष्मीपुजामा सुनपसलमा आगलागी हुँदा उर्लाबारीमा २७ जना घाइते

विराटनगर – लक्ष्मीपुजाको आगो सल्किंदा मोरङको उर्लाबारीमा २७ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार उर्लाबारी नगरपालिका ७ स्थित दिपक कार्कीको घरका सञ्चालन गरिएको सुन पसलमा भएको आगो निभाउन जाँदा प्रहरी र सर्वसाधरण घाइते भएका हुन् । इलाका प्रहरी कार्यलय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासले दिएको जानकारी अनुसार अनुसार आगो निभउाने क्रममा २७ जना घाइते भएका छन् । घाइतेहरु मध्ये केहीको विराटनगरको आर्या अस्पताल,केहीको विर्तामोडको वि एण्ड सी,केहीको उर्लाबारीको अरनिको र केहीको धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो ।

सुन पसलभित्र आगलागी भएपछि घटनास्थल पुगेकार सुरक्षाकर्मी र स्थानीयले सटर खोल्दा आगोको मुस्लो उनीहरुमाथि सल्किँदा घाइते भएका थिए । केहीको अवस्था गम्भीर र केही सामान्य घाइते भएका छन् ।

आगो नियन्त्रणका लागि भएपछि आधा दर्जन दमकलले आगो नियन्त्रणमा लिएका थिए । आगो राती १२ बजे नियन्त्रणमा आएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  ७ : ३४ बजे