काठमाडौँ – ललितपुर महानगरपालिका–१४ नक्खिपोटस्थित युनसान रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सात महिला र तीन पुरुषलाई पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार उनीहरुबाट रु एक लाख तीन हजार चार सय २० पनि बरामद गरिएको छ ।
पक्राउ परेकाहरुको नाम तथा ठेगाना खुलिसकेको छैन ।
प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार ९ : १७ बजे
प्रतिक्रिया