मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

गोल्डस्टारले भूकम्प पीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग गर्यो

काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग गरेको छ ।

कम्पनीले पीडितहरुका लागि रू ३५ लाख ६८ हजार एक सय ५० बराबरको १० हजार २२ थान जुत्ता तथा चप्पल सहयोग गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

कम्पनीकी कार्यकारी निर्देशक विदुषी राणाले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई थप सहयोग गर्न कम्पनी प्रतिबद्ध रहेको बताइन् ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  ८ : ३७ बजे