मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

श्रीमान्–श्रीमती मृत फेला

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–१, बिनबारीमा एक दम्पती आफ्नै घरमा आज मृत फेला परेका छन् । बिनबारीका २६ वर्षीय श्यामकुमार राना र उनकी पत्नी २५ वर्षीया पुष्पा राना घरभित्र झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले राना दम्पती मृत फेला परेका विषयमा प्रहरीले अनुसन्धान थालेको जानकारी दिए ।

“घटनाबारे त्रिभुवनबस्तीबाट प्रहरी टोली पुगेर अनुसन्धान गरिहेको छ,” उनले भने, “श्यामका माइती पक्षलाई पनि घटनास्थलमा बोलाएर अनुसन्धान भइरहेको छ ।” 

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  २ : १६ बजे