दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

होण्डाको ‘दशैँमा दस लाख’ योजनामा लामिछानेले जिते दस लाख

काठमाडौं । नेपालमा सर्वाधिक बिक्री हुने होण्डाको मोटरसाइकल तथा स्कुटरले दशैँ तिहारको अवसरमा लिएर आएको आकर्षक उपहार योजना ‘दशैँमा दस लाख’ अन्तर्गत ठिमीका गोकुल लामिछानेले दस लाख रुपैयाँ जितेका छन् । 

मेट्रो अटो सेन्टर, गठ्ठाघर, भक्तपुरबाट ग्राजिया एसटीडी बीएस ६ खरिद गरेका लामिछानेले स्क्रयाच कुपनमार्फत् दस लाख रुपैयाँ जितेका हुन् । होण्डा टु व्हिलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले ग्राहकवर्गको उत्साहजनक सहभागिताका कारण यो योजना अवधिलाई छठ सम्म थप गरेको छ ।

यसका साथै, रु. १०,००० सम्मको थप स्क्रयाच कुपन र रु. १२,५०० बराबरको ५ बर्षको एएमसी प्याकेज पनि जित्न सकिने चुज योर स्किम योजनाबाट पनि थुप्रै ग्राहकहरु लाभान्वित भएको कम्पनीले बताएको छ । ‘दशैँमा दस लाख’ उपहार योजना अन्र्तगत अन्य थुप्रै ग्राहकहरुले पनि रु. २५ हजार देखि रु. २ लाख सम्मको पुरस्कार जितिसकेका छन् । यो बर्ष होण्डाले “रु.१ मा फाइनान्स योजना“ र ’बिग बाइक’ किन्दा रु. १ लाख सम्मको छुट जस्ता आकर्षक योजनाहरु पनि सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  १० : २७ बजे