आठ लाख रुपैयाँ बराबरको पटाका डिस्पोज

मोरङ । मोरङमा विभिन्न नाकाबाट पक्राउ गरिएको करिब ८ लाख रुपैया बराबरको पटाकाहरु सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर कंकालिनी गणले मोरङले डिस्पोज गरेको छ ।

शुक्रबार बुढीगंगा गाँउपालिकाका अध्यक्ष जीत नारायण थापामगर लगायत सशस्त्र प्रहरीहरुको उपस्थितिमा पटाकाहरु गणको परिसर भित्र खाल्डो खनेर पानी हालि डिस्पोज गरिएको हो ।

सरकारले पटाका विक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाएपछि सशस्त्र प्रहरीहरुले विभिन्न ठाँउमा चेक जाँच गरेर पटाका पक्राउ गरेको हो । जोगबनीबाट भित्रिने पटाकाहरु राजधानी काठमाडौंलगायत पहाडी बजारसम्म पुग्ने गरेकाले यसपटक प्रहरीहरुले राजमार्गहरुमा समेत चेकजाँच थालेको सशस्त्र प्रहरीले जानकारी दिएका छन् ।

दशैंपछि र छठ सम्म करिब १० दिन हुने पटाका व्यापारबाट भारतिय सिमावर्र्ती जोगबनी बजारमा मात्र करिब १ करोड रुपैयाको कारोबार हुने गरेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ७ : ४९ बजे