उपरथी पाण्डेको राजीनामा स्वीकृत

काठमाडौं । नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेको राजीनामा स्वीकृत भएको छ ।

पाण्डेले शुक्रबार साँझ राजीनामा बुझाएकामा नेपाली सेनाको मुख्यालयले शुक्रबार पाण्डेको राजीनामा स्वीकृत गरेको हो । राजीनामा स्वीकृतको जानकारी रक्षा मन्त्रालयलाई समेत पठाइएको सेनाले जानकारी दिएको छ ।

आगामी प्रधानसेनापतीको लाइनमा रहेका पाण्डे उमेर विवादमा तानिएपछि राजीनामा दिएका हुन् । उनको दुईवटा जन्ममिति भेटिएको थियो । सैनिक मुख्यालयले छानबिन थालेपछि उनले राजीनामा दिएका हुन् ।

प्रधान सेनापति प्रभुराम शर्माको २०८१ भदौ २४ गते कार्यकाल सकिएलगत्तै पाण्डे प्रधान सेनापति बन्नेवाला थिए ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ५ : ४० बजे