प्रधानन्यायाधीशमा राउत नियुक्त

मनसुन क्रमशः क्षीण हुँदै

प्रधानन्यायाधीशमा राउत नियुक्त

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

भुकम्प पीडितलाई मेलम्ची नगरपालिकाको २० लाख, सिन्धुपाल्चोकबाट मात्रै ८० लाख सहयोग

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले जाजरकोट र रुकुम पश्चिममा शुक्रवार राती गएको भूकम्पबाट प्रभावितहरूलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । 

आज बसेको कार्यपालिका बैठकले २० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको नगर प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो । भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत, उपचार, पुनः स्थापना तथा पुनः निर्माण लगायतका कार्यमा सहयोग पुर्‍याउन मेलम्ची नगरपालिकाले सहयोग गर्ने भएको तामाङको भनाई छ ।

प्राकृतिक विपत्तिको बेला एक नेपालीले अर्को नेपालीको घाउमा मलम लगाउनु पर्छ भन्ने भावले सहयोग गर्ने निर्णय गरिएको प्रमुख तामाङले बताउनुभयो । पिडाको अवस्थामा भूकम्प पीडितहरूलाई हामी सबै तपाईँको साथमा छौ भन्ने महसुस गराउनको लागि सहयोग गर्ने निर्णय गरिएको उपप्रमुख उमा प्रधानले बताउनुभयो ।

यसअघि सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका,बलेफी, जुगल, बाह्रबिसे, त्रिपुरासुन्दरी र भोटेकोसीले राहत रकम घोषणा गरिसकेका छन् । चौताराले १७ लाख,बाह्रबिसे नगरपालिकाले १५ लाख, भोटेकोसी गाउँपालिकाले १० लाख, त्रिपुरासुन्दरी गाउँपालिकाले १० लाख, बलेफी गाउँपालिकाले ५ लाख र जुगल गाउँपालिकाले ३ लाख सहयोग गर्ने घोषणा गरेका थिए ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ४ : २० बजे