सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

सुदूरपश्चिमको बजेट बहुमतले पारित

पहेंलो धातुमा सक्कली सुनको लोगो बनाएर ठग्ने दुईजना पक्राउ

चितवन । सुन जस्तो देखिने पहेँलो धातुमा ठग्ने उद्देश्यले लोगो छापसहित सक्कली सुन जस्तै बनाई हिँड्ने दुई जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा संखुवासभा सभापोखरी गाउँपालिका–३ घर भई हाल काठमाडौँ–४ चक्रपथ बस्ने ४३ वर्षीय कमल अधिकारी र सिन्धुली फिकल गाउँपालिका–३ घरभई हाल कमलामाई नगरपालिका–७ बस्ने ४३ वर्षीय दिलबहादुर थापा रहेका छन् । 

कात्तिक २१ गते हेटौंडाबाट भरतपुरतर्फ आइरहेको बागमती प्रदेश ०३९ प ७५३२ नम्बरको स्कुटरलाई अस्थायी प्रहरी पोष्ट लोथरको टोलीले लोथरस्थित पूर्व–पश्चिम राजमार्गमा रोकेर चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट नक्कली सुन बरामद गरेको थियो । नक्कली सुनलाई लेमिनेशन गरी सुनचाँदी पसलको बिल समेत साथमा बोकीसक्कली सुन हो भनि विक्री गर्ने उद्देश्यले लुकाईछिपाई ल्याउँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

९९९.९ शुद्ध, मेटल फाइनेस एयु९९९.९, मेटल वेट १० ग्राम लेखिएको प्याजी रङको कार्डभित्र राखिएको क्रेडिट सुईस, १० ग्राम फाइन गोल्ड, ९९९.९ लेखिएको आयातकारको सुन जस्तो देखिने ३३ थान पहेँलो धातु पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले बताउनु भयो  । पक्राउ परेकाहरु माथि थप अनुसन्धान गर्ने काम भइरहेको  प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  ५ : ४३ बजे