सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

बाराबाट हतियार सहित पाँच जना पक्राउ

काठमाडाैँ । मधेस प्रदेशको बारा सिम्रौनगढबाट प्रहरीले हातहतियार सहित पाँच जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ वडा नं-११ भगवानपुरका ४० वर्षीय उपेन्द्र पटेल, ६२ वर्षीय रुपलाल पटेल र उनका छोरा २७ वर्षीय धिरेन्द्र पटेल, रौतहट बौधीमाई नगरपालिका-२ का ४४ वर्षीय राजमंगल पटेल र ८० वर्षीय शोभा राउत रहेको बारा प्रहरी प्रवक्ता (डिएसपी) दधिराम न्यौपानेले जानकारी दिए।

प्रहरीका अनुसार सिम्रौनगढ नगरपालिका-११ भगवानपुरका उपेन्द्र पटेलले आफ्नो घरमा अवैध रुपमा हतियार लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा खानतलासी गर्दा कालो रंगको पोलिथिन झोला भित्र सेतो कपडाले बेरी लुकाई छिपाई राखिएकाे अवस्थामा हतियार बरामद भएको हो।

बरामद हतियारमा रिभाल्वर एक थान र सो मा लाग्ने गोली ७ थान, नलकटुवा पेस्तोल एक थान र सो मा लाग्ने गोली एक थान, केएफ १२ लेखिएका गोली र जंगी राउण्ड दुई थान छन्।

डिएसपी न्यौपानेका अनुसार पक्राउ परेका व्यक्तिहरूको तत्कालीन आपराधिक रेकर्ड नखुलेको भएपनि उनिहरू केही ठुलै अपराध लागि हतियार र गोली भण्डारमा राखेकाे हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  ५ : २३ बजे