मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

एन्फा अध्यक्ष नेम्वाङ बर्खास्त गर्ने प्रस्ताव अस्वीकृत

काठमाडाैँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङलाई बर्खास्त गर्ने प्रस्ताव अस्वीकृत भएको छ। 

हेटौँडामा आज विशेष साधारणसभामा भएको मतदानबाट नेम्वाङलाई हटाउने प्रस्ताव अस्वीकृत भएको हो। 

५३ मत खसेकोमा नेम्वाङको पक्षमा ५२ मत र  एक मत बदर भएको छ। एन्फाका अनुसार ८६ जना मतदातामध्ये ३४ जनाले मतदानमा भाग लिएनन्। 

नेम्वाङविरुद्ध गएको भदौमा एन्फाका ४९ जना सदस्यले बर्खास्तीको माग राखेर विशेष साधारणसभाको माग गरेका थिए।  

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  ३ : ५३ बजे