सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

अछाममा ढुङ्गाले हानेर युवकको  हत्या

धनगढी ।  अछाममा एक युवकको ढुंगाले हानेर हत्या भएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ८ का १८ वर्षीय दिपेन्द्रबहादुर शाहीको हत्या भएको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उक्त हत्याको आरोपमा छिमेकीसमेत रहेकी ३० वर्षीया लक्ष्मी सुनार काठमाण्डौबाट पक्राउ परेकी छन्। गत शुक्रवार सुनारसहित सात जनाको समूहले शाहीमाथि आक्रमण गरेका थिए ।

फेसबुक मार्फत भएको झगडाका कारण शाहीको टाउकोमा १५ वर्षीय एक किशोरले ढुङ्गाले हानेका थिए । किशोरको ढुङ्गा लागेर बेहोस भएका शाहीको सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको अछाम प्रहरीले बताएको  । सुनारसहित घटनामा सङ्लग्न रहेका सातै जना पक्राउ परेका अछाम जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले बताउनु भयो । सुनारलाई समेत काठमाडौँबाट प्रहरीले आज अछाम ल्याइदैछ ।
 

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  २ : १० बजे