मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

महोत्तरीबाट एकसाथ हराएका ५ किशोरी ढल्केबरमा भेटिए

काठमाडौँ । मंगलबारदेखि बेपत्ता भएका महोत्तरीको औरही नगरपालिका-२ का पाँच जना किशोरी फेला परेका छन् । प्रहरीकाअनुसार उनीहरू धनुषाको ढल्केबरमा फेला परेका हुन् ।

ती किशोरीहरूलाई  स्थानीयले रोकेर प्रहरीलाई जिम्मा लगाएका थिए । उनीहरूलाई उनीहरूलाई इलाका प्रहरी कार्यालय ढल्केबरमा राखिएको छ । अभिभावक बोलाएर जिम्मा लगाउने प्रहरीको तयारी छ ।

औरही नगरपालिका-२ का १६ वर्षीया बसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षीया संगीता सदा, १५ वर्षीया राजन सदा र २० वर्षीया रूवी सदा सम्पर्कविहीन भएका थिए ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  १२ : १० बजे