दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

चार देशीय महिला टी-२० : नेपालले पहिलो खेल तान्जानियासँग खेल्ने

काठमाडौँ – चार देशीय महिला टी-२० सिरिजमा नेपालले पहिलो खेल तान्जानियासँग खेल्ने भएको छ ।

यही नोभेम्बर १५-१९ मा हङकङमा नेपाल, तान्जानिया, जापान र आयोजक हङकङ सहित चार राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । नेपालले दोस्रो खेल नोभेम्बर १६ मा हङकङसँग र तेस्रो खेल नोभेम्बर १८ मा जापानसँग खेल्नेछ ।

नेपाल क्रिकेट संघ क्यानले उक्त सिरिजका लागि २२ खेलाडीलाई बोलाएर प्रशिक्षण सुरु गरिसकेको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  ११ : ५६ बजे