रेशम चौधरीविरुद्धको मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीको कैद माफी मिनाहा गर्ने निर्णयविरुद्ध परेको रिटनिवेदनको सुनुवाइ स्थगित भएको छ ।

निवेदन सुनुवाइका लागि विहीबार पालो तोकिएकोमा सर्वोच्च अदालत प्रशासनबाटै सुनुवाइ स्थगित भएको हो ।

टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका चौधरीलाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको दिन माफी मिनाहा दिएका थिए ।
त्यस निर्णयविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता भएको थियो । 

बिहीबारका लागि तोकिएको त्यही निवेदनको सुनुवाई स्थगित भएको हो ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  ११ : ४६ बजे