मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

कान्तिपुरलाई पत्र काट्दै प्रेस काउन्सिल,यसरी तोडिदै सिरोहिया र चौहानकाे दादागिरी

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपले ८२ जना पत्रकारलाई गैरकानूनी ढंगले निष्काशन गरेको विषयमा प्रेस काउन्सिल नेपालमा उजुरी परेपछि प्रेस काउन्सिल नेपालले यस विषयमा छानबिन गर्ने भएको छ । काउन्सिलले बिहीबार नै कान्तिपुरलाई पत्र काटेर सबै लिखित दस्ताबेजहरू माग गर्ने तयारी गरेको हो ।

कान्तिपुर मिडिया ग्रुपले कर्मचारी नियमावली र श्रमजीवी पत्रकार ऐन उल्लङ्घन गरी पत्रकार निकालेको भन्दै नेपाल पत्रकार महासङ्घ यत्तिखेर आन्दोलित छ । 

महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासचिव रोशन पुरीसहित महासंघका अन्य पदाधिकारीको टोलीले प्रेस काउन्सिल नेपालका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसाललाई भेटेर हिजो उजुरी दर्ता गराएसँगै यस विषयमा काउन्शिलले चासो दिएको हो ।

 

पत्रकार महासङ्घले कान्तिपुरविरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी दिएपछि प्रेस काउन्सिलले समिति बनाएर कान्तिपुरविरुद्ध छानविन र अनुसन्धान गर्ने निर्णय गरेको काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले जानकारी दिनुभयो ।  

प्रेस काउन्सिलले बिहीबार नै कान्तिपुरलाई पत्र काटेर सबै लिखित दस्ताबेजहरू माग गर्ने तयारी गरेको  अध्यक्ष  बस्नेतले जानकारी दिनुभयो । 

काउन्सिलका  प्रमुख प्रशासकीय अधिकृत भुसालले महासङ्घले नै पत्रकार आचारसंहिता उल्लङ्घन भएको भन्दै उजुरी दिनु गम्भीर विषय भएको बताउनुभयाे  । उहाँले  याे विषयमा आजैदेखि छानबिन थाल्ने बताउनुभयाे ।

पत्रकार महासङ्घले कुनै पनि मिडियाविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएको यो सम्भवतः पहिलो घटना हो ।अरूलाई पाठ सिकाउँदै आफु भने गैर कानुनी बाटोमा हिँड्ने  कान्तिपुर दैनिकका मालिक कैलाश सिरोहिया र सिरोहियाको अहँकार र घमण्डलाई साथ दिइरहेका सम्पादक उमेश चौहानसहितको समूहलाई यत्तिखेर पत्रकार महासङ्घ भारी बनिरहेको बताइन्छ । पत्रकार महासंघको उजुरीमा प्रेश काउन्शिल नेपालले पनि तत्काल चासो देखाएसँगै कान्तिपुर मिडिया ग्रुपका मालिक र श्रमजीवीबीचको लडाइ थप रोचक हुने देखिन्छ । 

पत्रकार महासंघले आजै ‘सम्पादकको खोजी’ भन्दै माइतीघर मण्डलादेखि कान्तिपुर दैनिकको कार्यालयसम्म र्याली गर्दैछ ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  ९ : ३२ बजे