दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

एसिसी यु-१९ एसिया कपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग भिड्ने

काठमाडौं। नेपालले एसिसी यु-१९ एसिया कपको पहिलो खेलमा पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ।  एसियन क्रिकेट काउन्सिल (एसिसी) ले यु- १९ एसिया कपको खेल तालिका बुधबार सार्वजानिक गरेको हो।

यु-१९ एसिया कप ८ देखि १८ डिसेम्बरसम्म युएईमा हुँदै छ। यसअघि एसिया कप पाकिस्तानमा हुने तालिका थियो। तर भारत जान नमानेपछि युएईमा सारिएको हो।

समूह ‘ए’ मा नेपालसहित पाकिस्तान, अफगानिस्तान र भारत रहेका छन्। समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, युएई र जापान रहेका छन्।

नेपालले पहिलो खेल ८ डिसेम्बरमा पाकिस्तानसँग आइसिसी एकेडेमी ओभल २ मा खेल्ने छ। त्यस्तै, दोस्रो खेलमा नेपालले १० डिसेम्बरमा अफगानिस्तानसँग खेल्ने कार्यतालिका रहेको छ।

नेपालले समूह चरणको अन्तिम खेल १२ डिसेम्बरमा भारतसँग खेल्ने कार्यतालिका रहेको छ। सेमिफाइनल १५ डिसेम्बरमा हुँदा प्रतियोगिताको फाइनल १७ डिसेम्बरमा हुने छ।

नेपालले तीन साताअघि मलेसियामा सम्पन्न एसिसी यु-१९ प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा स्थान बनाएको थियो।

नेपाल विजेता, युएई उपविजेता र जापान तेस्रो स्थानमा रहँदै एसिया कपमा छनोट भए। प्रिमियर कपमा शीर्ष तीनमा रहने टोली एसिया कपमा छनोट हुने कार्यतालिका रहेको छ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  २ : ५३ बजे