मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

भूकम्पपीडितलाई प्राधिकरणले दियो एक करोड रुपैयाँ

काठमाडौं । जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडित तथा प्रभावितहरुको उद्धार एवम् राहतका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले घोषणा गरेबमोजिमको एक करोडको चेक आज हस्तान्तरण गरेको छ ।

प्राधिकरणका महानिर्देशक प्रदीपकुमार अधिकारीलगायत कर्मचारी बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुधबार बिहान उक्त रकम बराबरको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि हस्तान्तरण गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले  जानकारी दिएका  छन्।

जाजरकोट केन्द्रविन्दु भएर गत शुक्रबार गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममामा गरी एक सय ५३ जनाको मृत्यु भएको छ। दुई सय बढी घाइते भएका छन् । घाइते तथा स्थानीय पीडितका लागि विभिन्न सरकारी निकाय एवं सङ्घसंस्थाले सहयोग उपलब्ध गराउने क्रम जारी रहेको छ । 

मंगलबार सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले ५० /५० लाख,एकीकृत समाजवादी पार्टीले २५ लाखको चेक प्रधानमन्त्री दाहाललाई बालुवाटार पुगेर हस्तान्तरण गरेका थिए। सरकारले भूकम्पमा परी ज्यान गुमाएकाको परिवारलाई राहतस्वरुप दुई लाख दिने निर्णय गरेको छ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  १ : ३४ बजे