मनसुन क्रमशः क्षीण हुँदै

पर्यटन मन्त्रालय अन्तर्गतका विभिन्न संघसंस्थाहरूबाट ४ करोड बढी प्रधानमन्त्री राहत कोषमा सहयोग

काठमाडौं । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय न्तर्गतका विभिन्न संघ संस्थाहरूले ४ करोड भन्दाबढी रकम प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा सहयोग गरेका छन् ।

आज बिहान बालुवाटारमा पर्यटन मन्त्री सुदन किरातीको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटी सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

यसरी सहयोग गर्नेहरुमा नागरिक उड्डयन प्राधिकरण, नेपाल वायु सेवा निगम, पर्यटन बोर्ड, पशुपति क्षेत्र विकास कोष, नेपाल पर्वतारोहण संघ, लुम्बिनी विकास कोष रहेका छन् ।

त्यसैगरि गोरखा ब्रअरी प्रा.लि. ले पनि राहत कोषमा १ करोड सहयोग गरेको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  १ : १५ बजे