काठमाडौँ । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पयता उक्त क्षेत्रमा परकम्प जानेक्रम रोकिएको छैन ।
गत शुक्रबार राति ११ बजेर ४७ मिनेटमा रामीडाँडा केन्द्र बनाएर ६.४ म्याग्निच्युडको भूकम्पको गएको थियो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र सुर्खेतका अनुसार रामीडाँडा र त्यसको आसपासमा परकम्प गइरहेको छ । केन्द्रका अनुसार आज बिहान साढे १० बजेसम्म ४६६ वटा परकम्प गइसकेको छ ।
प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार ११ : ३८ बजे
प्रतिक्रिया