दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

गाजामा इजरायलको आक्रमण : मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

काठमाडौँ – कट्टरपन्थी इस्लामिक समूह (हमास) ले इजरायलमा आक्रमण गरेपछि इजरायलले थालेको कारबाहीमा मृत्यु हुनेको संख्या १० हजार नाघेको छ ।

गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयका प्रवक्ता असरफ अल–किद्रेहले पत्रकार सम्मेलन गरी १० हजार २२ जनाको मृत्यु भएको घोषणा गरेका हुन् । इजरायली सेनाले गरेको भीषण बमबारीमा आइतबार र सोमबारमा कम्तीमा २९२ जना प्यालेस्टिनीको मृत्यु भएको उनले जानकारी दिए ।

मन्त्रालयका अनुसार गाजामा मारिनेमा चार हजारभन्दा बढी बालबालिकासहित अधिकांश सर्वसाधारण हुन् । यता अक्टोबर ७ मा हमासले गरेको आक्रमणका कारण दक्षिणी इजरायलमा एक हजार ४०० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।-एजेन्सी

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ८ : ५१ बजे