मनसुन क्रमशः क्षीण हुँदै

नौ मिनेटको अन्तरालमा जाजरकोट केन्द्रविन्दु भएर भूकम्पका दुई धक्का

काठमाडौं । जाजरकोटमा नौ मिनेटको अन्तरालमा भूकम्पका दुई धक्का मापन गरिएको छ ।

सोमबार अपराह्न ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएको ५.८ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।

त्यसको लगत्तै नौ मिनेटपछि अपराह्न ४ बजेर ४० मिनेटमा जाजरकोटकै पैंक आसपास केन्द्रविन्दु भएको ४.५ म्याग्निच्युडको धक्का मापन गरिएको केन्द्रले जनाएको छ ।

यसअघि शुक्रबार राति रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरको भूकम्प गएको थियो । शुक्रबार रातिको भूकम्पमा परेकाहरुको उद्धार चलिरहेको बेला पटक पटक परकम्प गइरहेको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ५ : ३० बजे