मनसुन क्रमशः क्षीण हुँदै

पूर्व एआईजी रणबहादुर भन्छन्- तारासँग बिबाह गर्ने कुनै योजना छैन

काठमाडाैँ । केही दिनअघि पूर्व एआइजी रणबहादुर चन्द र अभियन्ता तारा बरालबीच विवाह गर्ने सहमति भएको एउटा कागज सामाजिक सञ्जालमा भाइरल भयो । कागजमा उनीहरु दुवैले हस्ताक्षरसहित ल्याप्चेसमेत ठोकेका छन् ।

पूर्व एआइजी चन्दका नजिकका साथी सञ्जय बर्माले उक्त सहमतिको कागज सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । त्यसका आधारमा मिडियाहरुमा चन्द र बरालबीच विवाह भएको समाचार छ्याप्छ्याप्ति भयो । तर, अहिले यो विषयमा उनीहरु दुवैबीच आपसमै आरोप प्रत्यारोप सुरु भएको छ ।

नेपाली कागजमा ल्याप्चे लगाएर सामाजिक अभियन्ता भनिने तारा बरालसँग बिहे गर्ने सहमति गरेका नेपाल प्रहरीका पूर्वएआईजी रणबहादुर चन्दले कुरा फेरेका छन् । 

शुक्रबार आवश्यक कागजात पुर्याएर छिट्टै बिबाह गर्ने सहमति गरेको २४ घण्टा नबित्दै चन्दले सामाजिक सञ्जालबाट त्यसको खण्डन गरेका हुन् । उनले उक्त कागजको कुनै वैधानिकता नभएको र आफूलाई झुक्याएर अर्कै व्यहोरा लेखिएको दाबी गरेका छन् । 

‘सञ्जय, तारा र त्यो लेख्ने वकिलले लेखेर साक्षीमा मेरो नाम राखेको, जब कि मैले त्यो डकुमेन्ट लेखेको पनि होइन । अनि त्यो कुनै लिगल डकुमेन्ट पनि होइन’, चन्दले फेसबुकमा स्टाटस लेखेका छन्, ’मिडियाले तारालाई जे पायो लेखेकोबारे खण्डन हुने डकुमेन्ट बनाउने भनेको मात्र थियो । तीन जनाको सहमतिले घरमा बनाएको डकुमेण्ट भ्यालिड होइन ।’

त्यसअघि पनि उनले लगातार स्टाटस लेख्दै तारासँग बिबाह गर्ने कुनै योजना नभएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दैमा विवाह नहुने पनि चन्दको भनाई छ । 

तर, चन्दको समेत बकाइदा हस्ताक्षर र ल्याप्चे रहेको कागजमा भने पछिल्लो समय आफूहरुलाई जोडेर सामाजिक सञ्जालमा अनर्गल प्रचार भएपछि विवाह गर्ने निर्णयमा पुगेको उल्लेख छ ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  १ : ०० बजे