मनसुन क्रमशः क्षीण हुँदै

मीनबहादुरले पठाए प्रधानमन्त्रीमार्फत भूकम्प पीडितलाई १ करोड ११ लाख,खाद्यसामग्री पनि पठाउने

काठमाडौँ । भाटभटेनीका प्रबन्ध निर्देशक एवं सञ्‍चालक मीनबहादुर गुरुङले जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि घोषणा गरेको १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ प्रदान गरेका छन् ।

सञ्‍चालक गुरुङले भाटभटेनीका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरेका हुन् ।

गुरुङले पत्नी सावित्री गुरुङसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भटेर उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन् ।

उनले भाटभटेनीका तर्फबाट भूकम्प पीडितलाई खाद्यसामग्री पनि प्रदान गर्ने निर्णय भएकोसमेत प्रधानमन्त्रीलाई जानकारी गराएका छन् । 

भाटभटेनीले यसअघिका भूकम्प, कोभिड, बाढीपहिरो लगायतका दैवी विपत्तिमा पनि मानवीय सहयोग गर्दै आएको छ । 

शुक्रबार राति ११:४७ बजे जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो । ६.४ म्याग्नेच्युडको भूकम्प जाँदा हालसम्म १५७ जनाको मृत्यु भइसकेको छ भने १७० जना घाइते भएका छन्।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ११ : ३५ बजे