सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

किसानलाई ठगी गरेकाे आरोपमा माओवादी नेता दहित पक्राउ

काठमाडाैँ । नेकपा माओवादी केन्द्रका नेता ठगीको आरोपमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा जानकी गाउँपालिका गाउँ कमिटी सचिव जयप्रकाश दहित हुन।

दहित गत वर्षको स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रका तर्फबाट जानकी गाउँपालिकाको उपाध्यक्ष पदका उम्मेदवार रहेका थिए। उनी स्थानीय मिलन कृषक समूह र हरियाली कृषक समूहका संयोजक समेत हुन्।

ठगी आरोप लागेका अन्य दुईमा मिलन कृषक समूहका रञ्जित चौधरी र हरियाली कृषक समूहका रघुनाथ चौधरी हुन्।

उनीहरुले किसानलाई सहुलियतमा कृषि यन्त्र उपलब्ध गराई दिने भन्दै रकम असुलेको बताइएको छ। उनीहरुले विभिन्न २१ जनाबाट २५ लाख ३७ हजार रुपैयाँ संकलन गरेको इलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ।

पीडितले तीनै जना उपर इलाका प्रहरी कार्यालय टीकापुरमा उजुरी दिएका छन्। प्रहरीले दहितलाई कात्तिक १६ गते पक्राउ गरेको छ। घटनाका आरोपी दुई जना भने फरार रहेका छन्। उनीहरुको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरी हिरासतमा रहेका दहितलाई नियन्त्रणमा राखेर घटनाको अनुसन्धान गर्न जिल्ला अदालत कैलालीले आदेश दिएको इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी विश्वराज अधिकारीले जानकारी दिए।

उनीहरुले कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिकामा समेत केही किसानलाई कृषि औजार सहुलियतमा उपलब्ध गराउने भन्दै रकम असुलेको बताइएको छ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ४ : ३१ बजे