दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

कालो पट्टी बाँधेर खेल्दै नेपाली टोली

​​​​​​​काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोटको फाइनल खेलमा नेपाली खेलाडीले हातमा कालो पट्टी बाँधेर खेल्ने भएका छन् ।

​​​​​​​शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्पमा परी ज्यान गुमाएका नेपालीहरुको सम्झनामा नेपाली टोलीले कालो पट्टी बाँधेर खेल्न लागेका हुन् ।

 त्रिवि क्रिकेट मैदानमा हुन लागेको फाइनल खेलमा ओमानविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

खेल बिहान ११ बजेबाट सुरु हुनेछ ।

यसैबीच, नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ११ : ०३ बजे