खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

खुला आकाशमुनि रात बिताउँदै भूकम्प पिडित

काठमाडौँ । शुक्रबार राति ११:४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६.४ म्याग्नेच्युडको भूकम्प गएयता त्यहाँका स्थानीयहरू भूकम्पको त्यो धक्काको त्रास सम्झिएर सुत्न पाएका छैनन ।

आफु बस्ने घर भूकम्पले धुजाधुजा बनाएपछि परिवारका सदस्यहरु खुला आकाश मुनि रात बिताइरहेका छन् भने कोही अस्पतालमा उपचार गराइरहेका छन् ।

पटक–पटक गइरहेका पराकम्पका कारण त्यहाँका बासिन्दाहरुको बास सडकमै छ । सडकको एकातिरबाट यातायातका साधन गुड्छन् भने अर्को भागमा सर्वसाधारणहरु चिसोमा खुल्ला आकाश मुनि सुतिरहेका छन् । भूकम्पको त्रासले त्यहाँका बासिन्दाहरु त्रिपाल टाँगेर बस्न बाध्य छन् भने त्रिपाल नहुनेहरु खुल्ला आकाश मुनि सुत्दै छन्  ।

जाजरकोट भेरी नगरपालिका–२ का मानबहादुर विकले आफ्नो घर भूकम्पले भत्काएपछि अहिले केटाकेटीसहित खुला आकाशमुनि बसिरहेको बताए । उनले भने, “एउटा सानो घर थियो, त्यही पनि भूकम्पले भत्काइदियो । साना केटाकेटीका साथमा बाहिर खुला आकाशमा बस्नुपर्ने बाध्यतामा छु । सरकारले पालको व्यवस्था त गरिदिएको छ, यो चिसोको समयमा पालमुनि बस्न पनि धेरै समस्या छ ।”

भुइचालो पछि  जाजरकोटका पाँचवटा पालिकाका अधिकांश घरहरुमा क्षति भएको छ । 

भूकम्पबाट गम्भीर रुपमा घाइते भएकाहरु मात्र सुविधासम्पन्न ठाउँमा उपचारका लागि लगिएको छ । राजनीतिक पहुच भएकाहरु सामान्य घाइते भएपनि उनीहरुको काठमाडौँका अस्पतालमा बसेर उपचार र आराम गर्न पाएका छन् । अन्य बिरामीहरु पालिकास्थित स्वास्थ्य संस्थामा उपचार गराई रहेका छन् भने अझै केहीले उपचार समेत पाएका छैनन् ।

त्यस्तै छेडागाड –७ मा भूकम्पका कारण घाइते भएका व्यक्तिहरुको अहिलेसम्म उद्धार समेत हुन सकेको छैन । एम्बुलेन्स नजाने र फोन सम्पर्क समेत हुन नसक्दा घाइतेहरु उद्धारको प्रतिक्षामा बसिरहेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले शनिबार नै भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी जानकारी लिनु बाहेक कुनै ठोस काम सरकारले गर्न नसकेको स्थानीयवासी बताउछन ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ९ : ०८ बजे