साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

भूकम्पपीडितका लागि बर्दघाट नगरकाे दुई लाख सहयोग

नवलपरासी । कर्णाली प्रदेशको जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितका लागि बर्दघाट नगरपालिकाले आर्थिक सहयोग गर्ने भएको छ। आइतबार प्रधानमन्त्री दैवीक प्रकोप राहत कोषमा रु २ लाख जम्मा गरि सहयोग गरिने नगरप्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिनुभयो ।

“नगरको बिपद व्यवस्थापन कोषबाट सहयोग गर्ने छलफल भएको छ ।रकमका हिसाबले ठूलो त होइन तर मानवीय धर्म निर्वाह गर्ने प्रयास गरेका हौ,सबैको सानो सानो सहयोग नै ठूलो हुने हो पीडितकाे पीडामा थोरै भएपनी मलम लागोस् भन्ने चाहाना हो”सबैलाई सहयोगका लागि आह्वान गर्दछु”नगरप्रमुख श्रेष्ठले भन्नूभयो ।

नगरपालिकाले नगरभित्रका संघ संस्था र सहयोग गर्न चाहनेहरूका लागि  सहयोग गर्न अपिल समेत गर्ने जनाएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ९ : ०५ बजे