दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

आईसीसी टी–२० विश्वकप एसिया छनोट : फाइनलमा नेपाल र ओमान भिड्दै

काठमाडौं । काठमाडौंमा जारी आईसीसी टी–२० विश्वकप एसिया छनोटको फाइनलमा उपाधिका लागि आज आइतबार नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ ।

बिहान ११ बजेदेखि सुरु हुने खेल त्रिवि क्रिकेट मैदानमा हुनेछ । यसअघि ‘ए’समूह चरणको अन्तिम खेलमा नेपाल ओमानसँग ५ रनले पराजित भएको थियो ।

शुक्रबार भएको सेमिफाइन खेलमा नेपालले युएईलाई ८ विकेट र ओमानले बहराइनलाई १० विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाइएको थियो ।

फाइनलमा पुग्दै नेपाल र ओमान दुवै टोली सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएका छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ६ : ४५ बजे