देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

उड्ने कारलाई यात्रु बोक्न चीनले दियो अनुमति

काठमाडौं । एयर ट्याक्सी अर्थात् उड्ने कारलाई सरकारी मान्यता दिनेमा चीन पहिलो देश बनेको छ । गत शुक्रबार चिनियाँ उड्डयन प्राधिकरणले ईहाङ कम्पनीको ‘ईएच २१६- एस’ नामक एयर ट्याक्सीलाई हवाई योग्यता प्रमाणपत्र दिएको हो ।

ठूलो आकारको ड्रोनजस्तै देखिने याे ट्याक्सी विद्युतबाट चल्छ भने उडाउन पाइलट आवश्यक पर्दैन । त्यस्तै उडाउन तथा अवतरण गर्न एयरपोर्ट वा रनवे आवश्यक पर्दैन ।

घरको छत, पार्क लगायत अलि समथल भएका ठाउँबाटै यसलाई उडाउन सकिन्छ । सोही कारण यात्रु, खाद्यान्न तथा आपतकालीन सामग्री ओसारपसार गर्ने जस्ता अर्बन एयर मोबिलिटी (यूएएम) का लागि यो उपयोगी हुने बताइएको छ ।

हाल याे ट्याक्सीमा ८० माइल प्रति घण्टासम्मको गतिमा दुई जना यात्रु तथा ६०० पाउन्डसम्म तौलका सामान उडाउन सकिने जनाइएको छ ।

करिब दुई घण्टामा फुल चार्ज गर्न सकिने यस ट्याक्सीले वायु प्रदर्शन पनि कम गर्ने बताइएको छ । यद्यपि कम्पनीले कहिलेबाट व्यावसायिक उडान भर्छ भन्नेबारे भने खुलाएको छैन ।

 

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  १२ : ०१ बजे