दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

भारत सबै सहयोग गर्न तयार छ : भारतीय प्रधानमन्त्री

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भूकम्पले पुर्‍याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री मोदीले नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका हुन् । उनले दुःखको यस घडीमा भारत नेपाली जनताको साथमा रहेको उल्लेख गर्दै सम्भव सबै सहयोग गर्न तयार रहेको बताएका छन् ।

‘नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख लागेको छ । भारत नेपाली जनतासँग ऐक्यबद्धतामा उभिएको छ र सबै सम्भव सहयोग गर्न तयार छ । हाम्रो विचार शोकसन्तप्त परिवारसँग छ र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।’ मोदीले भनेका छन् ।

गएराति जाजरकोट केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी हालसम्म एक सय २८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ११ : १७ बजे