खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

क्यानले भूकम्प पीडितलाई टिकटको ५० प्रतिशत रकम सहयोगार्थ प्रदान गर्ने

​​​​​​​काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले गए राती जाजरकोट भुकम्पबाट पीडित भएकाहरुलाई सहयोग गर्ने भएको छ ।

क्यानले जाजरकोट भूकम्पबाट पिडित भएकाहरुलाई आइसिसि टि २० विश्वकप २०२४ को एसिया छनोट अन्तर्गत आइतबार नेपाल र ओमानबीच हुने फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त हुने ५० प्रतिशत रकम सहयोगार्थ प्रदान गर्ने जनाएको हो ।

क्यानले भूकम्पबाट पुर्याएको मानवीय र संरचनागत क्षतीले अत्यन्त मर्माहत तुल्याएको जनाएको छ । क्यानले भूकम्पमा परि ज्यान गुमाउने सम्पूर्ण नेपालीहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार प्रति समवेदना समेत प्रकट गरेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  १० : ०५ बजे