खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

भूकम्प प्रभावितहरूको खोज, उद्धार र राहतमा जुट्न पूर्व राष्ट्रपतिको आग्रह 

​​​​​​​काठमाडौं ।  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जाजरकोटमा गए राति गएको भूकम्पका कारण  भएको ठूलो मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएकाे छ । उहाँले  तत्काल भूकम्प प्रभावितहरूको खोज, उद्धार र राहतमा  जुट्न  सबै  सम्बद्ध निकायहरूलाई अनुरोध गर्नुभएको छ । 

पूर्वराष्ट्रपति भण्डारीले त्यस क्षेत्रमा अझै भूकम्पका पराकम्पहरू गइरहेका भन्दै  आवश्यक सतर्कता अपनाउनसमेत अनुरोध गर्नुभएको छ ।

 

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ९ : ५७ बजे