यस्तो छ आजको विनिमय दर

सेनाका ३ हेलिकप्टरसहित एक जहाज भूकम्प प्रभावित क्षेत्रमा

काठमाडौं । नेपाली सेनाको तीनवटा हेलिकप्टर र नेपाल वायु सेवा निगमको एक जहाज भूकम्प प्रभावित क्षेत्रमा पुगेका छन् ।

उद्धारकर्मी, स्वास्थ्यकर्मीसहित उपचार समग्री र राहत लिएर तीन हेलिकप्टर र एक जहाज जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा गएका हुन् ।

त्यस्तै स्वास्थ्य र सामग्रीसहित नेपाल वायु सेवा निगमको ट्विनअटर जहाज चौरहजहारी विमानस्थलतर्फ उड्ने तयारी गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ८ : ५६ बजे