खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

मेयर बालेनको अभिव्यक्ति अत्यन्तै अशोभनिय र अमर्यादित : उपत्यका मेयर्स फोरम

​​​​​​​काठमाडौँ – काठमाडौ उपत्यका मेयर्स फोरमले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहको अभिव्यक्ति अत्यन्तै अशोभनिय र अमर्यादित रहेको बताएको छ ।

शुक्रबार काठमाडौ उपत्यका मेयर्स फोरमको उपलब्ध नगर प्रमुख तथा उपप्रमुखहरुको आकस्मिक बैठकले काठमाडौँ महानगरपालिकाका प्रमुख साहले सामाजिक सञ्जाल मार्फत् दिएका अभिव्यक्ति अत्यन्तै अशोभनिय अमर्यादित, खेदपूर्ण र भ्रमपूर्ण रहेको बताएको हो ।

बुढानीलकण्ठ नगरपालिकाको व्यवस्थापनमा कातिक १४ गते बसेको उपत्यका मेयर्स फोरमको बैठकमा मेयर साहले  फोरमका अध्यक्ष श्री चिरिबाबु महर्जनले बैठकको एजेण्डा सम्बन्धी कुरा गर्दागर्दै 'खै म बोल्छु' भनी माईक लिन अग्रसर हुनुका साथै अध्यक्षले ऐजेण्डा प्रस्तुत भएपछि छलफल गरौला, 'बोल्न नपाइने भनेकै छैन' भन्दै गर्दा 'बोल्न नदिने भए म गए, तपाइहरु नै बैठक गर्नुस्' भनी अशोभनीय र अमर्यादित ढङ्गले जुरुक्क उठेर बैठक स्थलबाट हतारहतार बाहिरिएको बिज्ञप्ति मार्फत जानकारी दिएको छ ।

काठमाडौ उपत्यकाको फोहोरमैला व्यवस्थापन दीर्घकालीन एवम् एकीकृत रूपमा कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने उद्देश्यले छलफल गर्न लागिएको उक्त बैठकको विषयलाई लिएर काठमाडौ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले कार्तिक १५ गते सामाजिक सञ्जाल मार्फत् दिएका अभिव्यक्ति प्रमाणित गरि देखाउन समेत उपत्यका मेयर्स फोरमले चुनौती दिएको छ ।

 उपत्यका मेयर्स फोरमका महासचिव तथा चन्द्रागिरी नगरपालिका नगर प्रमुख घनश्याम गिरीले जारी गरेको बिज्ञप्तिमा  सम्पूर्ण आदरणीय नागरिकहरुलाई उपत्यका मेयर्स फोरमको सबै कामकारवाहीप्रति पूर्ण विश्वस्त रहन समेत अनुरोध गरेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ८ : ४३ बजे