काठमाण्डौँ – शुक्रबार राति जाजरकोट केन्द्रविन्दु भएर गएको ६ दशमलब ४ म्याग्निच्युडको भूकम्पपछि चार घण्टाको अवधिमा थप ४ म्याग्निच्युडभन्दा माथिका तीनवटा परकम्प गइसकेका छन् ।
राति चार पटक ६.४, ४.८, ४.२, र ४.३ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अरु साना दर्जनौं परकम्पहरू गएका छन् ।
राति ११ बजेर ४७ मिनेटमा सबै भन्दा ठूलो मापन गरिएको ६ दशमलब ४ म्याग्निच्युडको भूकम्प जमिनको सतहबाट करिब १२ किलोमिटर मुनि केन्द्र रहेको बताइएको छ ।
प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार ७ : ३६ बजे
प्रतिक्रिया